पूर्वाञ्चल खबर
महिलालाई आफ्ना कानुनी अधिकारबारे जानकारी गराउँदै सामाजिक तथा कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले आयोजित कार्यक्रममा करिब ५० जना महिलाको सहभागिता रहेको थियो।
कार्यक्रममा महिलाका संवैधानिक तथा कानुनी अधिकार, घरेलु हिंसा, वैवाहिक बलात्कार, साइबर अपराध, बाल अधिकार, प्रजनन स्वास्थ्य तथा महिलाको सम्पत्तिमाथिको अधिकारलगायतका विषयमा जानकारी दिइएको थियो। सहभागी महिलालाई आफूले भोगेका समस्या तथा कानुनी जटिलताका विषयमा समेत प्रश्न तथा जिज्ञासा राख्ने अवसर दिइएको थियो।
कार्यक्रममा श्रेया बिष्ट, अनिशकुमार कट्टेल, विशेष अछामी, स्वस्तिका मल्ल, माङ्सा लिम्बू, अबिना कटवाल, पूर्णिमा निरौला र स्मृति राईलगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए।
महिलाले आफ्ना अधिकारबारे जानकारी पाएमा हिंसा तथा विभेदविरुद्ध आवाज उठाउन सहज हुने तथा कानुनी उपचारका लागि सम्बन्धित निकायसम्म पुग्न सक्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
श्रेया बिष्टको पहलमा आयोजित कार्यक्रममा सहभागी महिलाले कानुनी अधिकार र त्यसको प्रयोगका विषयमा व्यवहारिक जानकारी प्राप्त भएको बताएका थिए।