AArya
RUMPUM
animated ellipse animated ellipse

बसपार्कबाट नियन्त्रणमा लिइएका १७ महिला अभिभावकको जिम्मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०८३, सोमबार २१:१४
3
Shares
विराटनगर / विराटनगर बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएका १७ जना महिलालाई प्रहरीले अभिभावकको जिम्मा लगाएर पठाउन थालेको छ।

वडा प्रहरी कार्यालय विराटनगरले आज दिउँसो बसपार्क क्षेत्रबाट उच्छृङ्खल गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका महिलालाई आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको थियो।

प्रहरीले अबदेखि त्यस्ता गतिविधि नगर्न सचेत गराउँदै अभिभावकलाई बोलाएर उनीहरूको जिम्मा लगाएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए।

‘बसपार्क क्षेत्रबाट धेरै गुनासो आएपछि उच्छृङ्खल गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘फेरि त्यस्ता गतिविधि नगर्न सचेत गराएर अभिभावकलाई बोलाई जिम्मा लगाएर पठाएका छौं।’

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा हुने गतिविधिबारे स्थानीय तथा यात्रुबाट गुनासो आएपछि निगरानी बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर