AArya
RUMPUM
animated ellipse animated ellipse

भोटेकोशीमा आएको विनाशकारी बाढीमा १२९० जनाको शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०८३, शुक्रबार ०९:२५
3
Shares
विराटनगर / भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २ सय ९० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि बेपत्ता हुनेको संख्या अझै ४ हजार ७९८ रहेको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका छन् । त्यसबाहेक ५३२ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन् । अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेला परेका १ हजार २९० शवमध्ये ९२६ वटाको व्यवस्थापन भइसकेको छ । १ हजार १४१ जना मृतकको अझै पहिचान खुल्न सकेको छैन ।

बाढीमा परी बेपत्ता भएकामध्ये २ हजार ८४७ जना नेपाली र ६०१ जना विदेशी नागरिक रहेको प्रहरीको विवरणमा उल्लेख छ । त्यस्तै, १ हजार ३५० जनाका सम्बन्धमा फोनमार्फत जानकारी प्राप्त भएको जनाइएको छ ।

विपद्पछि सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८ हजार १२७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ९० पुरुष र २ हजार ४७२ महिला रहेका छन् ।

मृतकको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनको कामलाई समेत अघि बढाएको छ । हालसम्म मृतकका १ हजार १४३ र आफन्तका ७१९ गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान हुन बाँकी शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा समेत सार्वजनिक गरेको छ । खोज तथा उद्धारसँगै मृतकको पहिचान र बेपत्ताको अवस्था पत्ता लगाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर