AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा चित्रकला प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०८३, आईतवार १८:०७
3
Shares
विराटनगर / ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुल विराटनगर–८ को आयोजनामा ग्रेडेड चित्रकला प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

प्रतियोगिताको मुख्य विषय “कृष्ण” रहेको थियो। प्रतियोगिता २०८३ साल भदौ ७ गते विद्यालय परिसरमा आयोजना गरिएको थियो।

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कलाप्रतिको रुचि तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूलाई तीन तहमा विभाजन गरिएको थियो। जुनियर तहमा कक्षा २, ३ र ४, मिड तहमा कक्षा ५, ६ र ७ तथा सिनियर तहमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा प्रत्येक तहबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा भदौ १८ गते विद्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिनेछ।

प्रतियोगिताका निर्णायकका रूपमा वीरेन्द्र श्रेष्ठ रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले गरे। प्रतियोगिताले विद्यार्थीहरूमा कला, सिर्जनशीलता र सांस्कृतिक विषयप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर