पूर्वाञ्चल खबर
कक्षा ९ देखि १२ सम्मका ४२ प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ९ कि छात्रा आरोही ढकाल प्रतियोगितामा प्रथम भएकी छिन्।
कलेजका निर्देशक भरतराज दाहालको संयोजकत्वमा भएको प्रतिस्पर्धामा अंशिका गिरी र सेन्डृना कार्की द्वितीय, प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय तथा अन्वेशा घलेले सान्त्वना स्थान हासिल गरेका छन्।
साहित्यकार एवम् पत्रकार मीनकुमार नवोदित, वरिष्ठ साहित्यकार भरत गुरागाई ‘बर्बरिक’ र साहित्यकार अम्बिका खरेल सम्मिलित निर्णायकमण्डलले उत्कृष्ट रचना छनोट गरेको थियो। विजयी प्रतिस्पर्धीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरे।
शिक्षक विमल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन कक्षा १२ कि छात्रा प्रस्तुति पराजुलीले गरेकी थिइन्। कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।