पूर्वाञ्चल खबर
राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ छन्।उनीहरूले आज बसेको मन्त्रिपरिषद् बैठक समाप्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामापत्र बुझाएका हुन्।
केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ गठबन्धन बनाउन साउन दोस्रो हप्ता तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको जनाइएको छ। कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ । यसअघि भएको कांग्रेस(एमाले सहमतिअनुसार दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए।