पूर्वाञ्चल खबर

विद्यार्थीको निरन्तर मूल्याङ्कन कसरी गर्ने, कुनकुन पक्षको विकासलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरालाई एक एक वटा स्लाइड मार्फत अभिभावक र शिक्षकलाई जानकारी गराए । बालबालिकाको अबको मुल्याङ्कन सक्षमताको आधारमा रुब्रिकहरूबाट गर्नु पर्ने कुरामा जोड दिए । अब स्कुलले सोही आधारमा विद्यार्थीको मुल्याङ्कन गर्ने हुँदा अभिभावकले विद्यालयलाई यस विषयमा सघाउन समेत प्रिन्सिपल पोखरेले अनुरोध गरे ।
निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा अभिभावकका तर्फबाट प्रभात नेपालले विद्यालयलाई हामीले पूर्ण सपोर्ट गर्नु पर्छ भन्दै आफू निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा राम्रो जानकार रहेको र विद्यार्थीका लागि यो आवश्यक छ भन्दै थप जानकारी समेत गराए।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रवन्धक निर्देशक नवजित प्रधानले गरेका थिए भने स्वागत मन्तव्य विद्यालय सञ्चालक समितिकी सदस्य सिर्जना आचार्यले गरिन् । उक्त कार्यक्रममा पिजीदेखि कक्षा दुईसम्मका १ सय ५० भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो