पूर्वाञ्चल खबर
विराट टाइम्स मिडिया प्रालिले विराटनगरको रुविज होटलमा आयोजित तीन दिने मिडियामा एआईको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि तालीम समापनका अवसरमा उनले प्रतिष्ठान गठन पश्चात पत्रकारहरूको सहभागितामा नियमावली बनाइनेछ, जसले सञ्चार क्षेत्रलाई अझ बढी व्यावहारिक र व्यवस्थित बनाउन मद्दत पुग्ने बताए।
मन्त्री पराजुलीले प्रतिष्ठान गठनपछि श्रमजीवी पत्रकारहरूको हकहित र पत्रकारिताको संरक्षणका लागि संस्थागत रूपमै काम हुने बताए। उनले वर्तमान युग विज्ञान र प्रविधिको उच्चतम विकासको युग भएकोले समाज परिवर्तनमा यसको सदुपयोग गर्न आग्रह गरे ।
एआई (कृत्रिम बुद्धिमत्ता) नयाँ प्रविधिसँगै साइबर अपराध, अनलाइन क्षेत्रका चुनौती र अनेकौं समस्याहरू थपिएको चर्चा गर्दै यसलाई रोकथाम गर्न आवश्यक दक्षता हासिल गर्नुपर्ने सुझाव दिए । खोजमूलक पत्रकारिताको विकास र प्रविधिको चुनौती सामना गर्न यस प्रकारको तालीमको आवश्यक्ता औंल्याउदै उनजले तालिमले सहभागी पत्रकारहरूको व्यवसायिक र प्रविधिमैत्री क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए।
्
सहभागीहरुले मिडिया क्षेत्रमा एआईको प्रयोग प्रविधिको उच्चतम उपयोग गर्दै पत्रकारिताको आधारभूत मूल्य, मान्यता र आचारसंहितालाई जोगाइराख्नु नै आजको मुख्य चुनौती र आवश्यकता भएको बताएका छन् ।
तालीममा मोरङ,सुनसरी,झापा, धनकुटा लगायतका जिल्लाका ५०जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।