AArya
RUMPUM
animated ellipse animated ellipse

बलात्कार मुद्दामा दोषी ठहर भएर मोरङ कारागारमा कैद भुक्तान गरिरहेका वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०८३, आईतवार १०:१९
3
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आज बिहानका राति मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले बताए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि शनिबार बिहान ११ः३० बजेतिर विराटनगरको कोशी अस्पताल भर्ना गरिएको थियो ।उपचारकै क्रममा अवस्था गम्भीर भएर आइतबार बिहानका राति २ बजेतिर मृत्यु भएको जानकारी घिमिरले दिए । उनी बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो । परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको कारागारले जनाएको छ ।

दाहाल जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो ।

तर, सजाय भुक्तान गर्न धेरै समय बाँकी रहेकै बेला वृद्ध कैदीको मृत्यु भएको हो । दाहालले हालसम्म करिब साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए । उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासक घिमिरेले बताए ।

जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार आश्रित बालिका १ जना, महिला १ सय १० जना र पुरुष १ हजार ९७ जना रहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर