AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाखको बजेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०८३, सोमबार १९:४३
3
Shares
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३8/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा आज आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको आय/व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।वित्तीय व्यवस्थापन शीर्षकमा १५ कोड छुट्याइएको छ । चालुतर्फ ३४.५५ प्रतिशत हो । पुँजीगततर्फ ५१.३२ प्रतिशत, वित्तीय व्यवस्थापन तर्फ ०।३७ प्रतिशत छ । चालु आर्थिक वर्षको तुलनामा १२।७४ प्रतिशतले बढी छ ।

सरकारले बजेटको स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाडफाँटबाट १२ अर्ब ८७ करोड, समानीकरण अनुदान ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड र समपूरकतर्फ ६४ करोड हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर