RUMPUM
animated ellipse animated ellipse

विद्युत अनियमित भएको भन्दै पब्लीक फोरमको ज्ञापन पत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७४, बिहीबार १८:३२
3
Shares
विराटनगर, ७ बैशाख / अनियमित रुपमा भएको लोडसेडीङका कारण सास्ती खेप्नु परेको भन्दै उपभोक्तावादी संस्था पब्लीक फोरम विराटनगरको नेतृत्वमा विद्युत प्राधिकरण विराटनगर शाखामा ज्ञापन पत्र बुझाइएको छ ।
अनियमित रुपमा भएको लोडसेडिङ्का कारण विराटनगरवासीहरुले सास्ती खेप्नु परेको भन्दै उनीहरुले विद्युत प्राधिकरण विराटनगर शाखाका प्रमुख शम्भु कुसियैत यादवको ध्यानआकर्षण गरेका हुन् । प्रमुख यादवले रानी सब स्टेशनमा मुख्य ट्रान्सफर्मर विग्रिएको १० दिन नबित्दै दुहबी ग्रीडमा ब्रेकर विग्रिएकाले समस्या झन थपिएको भन्दै दुहबी ग्रिडको ब्रेकर अघि राति ११ बजे बनिसकेको जानकारी दिए ।
अब समस्या केही कम भएर जाने भन्दै १० दिन भित्रमा रानी सब स्टेशनको ट्रान्सफर्मर पनि बनिसकेर आउने उनले जानकारी दिए । उनले रानी सबस्टेशनको ट्रान्सर्फमर मर्मत भैरहेको टोलीलाई जानकारी दिए । उक्त ट्रान्सर्फमर २५ मेट्रीक टन तौल र १६ हजार केभिए क्षमताको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर