AArya
RUMPUM
animated ellipse animated ellipse

मुद्दा लगाउने धम्की दिएपछि रमा तिवारीको घाँटी थिचेर हत्या, भारत फरार भएका आरोपी दमक फर्केलगत्तै पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०८३, शनिबार १७:००
81
Shares
दमक/ झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला घर भई हाल दमक–५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेशकुमार पण्डित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार पण्डित दमक र आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा गर्दै आएका मिस्त्री हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेनको विवादका कारण हत्या भएको खुलेको छ ।

गत जेठ १६ गते बिहान दमक–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोरामा प्याक गरिएको अवस्थामा बेवारिसे शव फेला परेको थियो । पछि मृतकका बुबा नारायण तिवारीले उक्त शव आफ्नी छोरी रमाको भएको सनाखत गरेका थिए । घटनाको १० दिनपछि प्रहरीले सूक्ष्म अनुसन्धान र प्राविधिक विश्लेषणका आधारमा आरोपित पण्डितलाई पक्राउ गर्न सफल भएको हो ।

हत्यापछि भारत फरार, फर्केलगत्तै पक्राउ
रमाको हत्या गरेपछि पण्डित पक्राउ पर्ने डरले भारततर्फ फरार भएका थिए । घटनाको केही दिन भारतमै बसेका उनी स्थिति साम्य भएको ठानेर जेठ २० गते पुनः दमक फर्किएका थिए । उनी आएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले जेठ २१ गते राति करिब ११ बजे उनकै डेराबाट पक्राउ गरेको हो ।
घटनास्थलको निरीक्षण, सीसीटीभी फुटेजको विश्लेषण, मोबाइलको कल डिटेल र लोकेसन ट्र्याकिङका आधारमा आरोपितसम्म पुग्न सहज भएको हो ।

प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल र आरोपितले घटनाका बखत लगाएका लुगाहरू समेत बरामद गरेको छ । पक्राउ परेका पण्डितविरुद्ध इलाका प्रहरी कार्यालय दमकले कर्तव्य ज्यान र जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप गराई विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर