AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०८३, बिहीबार १९:२५
3
Shares
विराटनगर/कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ।

आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेश स्तरीय छनोट प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष तथा प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशका जिल्लाहरूको छनोट प्रतियोगिता जेठ १५ र १६ गते भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ। बोर्डका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न बैठकले समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको हो।

बोर्डका सदस्य टिकाराम पुरीले जेठ १८ गते भित्र प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्दै सोही दिन १६ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको बिदाई समेत गर्ने निर्णय भएको जानकारी दिए। उनले बैठकमा बजेट संसोधन, गणतन्त्र दिवसमा बोर्डको सहभागिता लगायतको विषयमा समेत छलफल भएको जानकारी दिए।

लामो समयदेखि पदाधिकारीबिहीन रहेको बोर्डमा जेठ १३ गते मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तथा सदस्यहरूको नियुक्ति भएको थियो। हाल बोर्डमा दुई उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू गरेर ११ जनाको नियुक्ति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर