मोर्चा नआए पनी चुनाव तोकीएकै समयमा हुन्छ –संञ्चार मन्त्री कार्की
पूर्वाञ्चल खबर
६ बैशाख २०७४, बुधबार १७:४९
3
Shares
गोपाल काफ्ले
पथरी, ६बैशाख । सुचना तथा सञ्चार मन्त्री सुरेन्दबहादुर कार्कीले निर्वाचन सम्पन्न भएपछि केन्द्रमा रहेको अधिकार गाउँ–गाउँमा जान्छ भनेर निर्वाचन विरोधीहरू डराइरहेको बताएका छन् ।
आज मोरङको उर्लाबारीमा स्थानीय सञ्चारकर्मीहरूसंग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिहरूलेनै त्यहाँको आवश्यकता अनुसार नीति निर्माण गर्न सक्ने उल्लेख गर्दै मन्त्री कार्कीले अब साना तिना योजना सम्पन्न गर्न सिंहदरवार धाइरहनु नपर्ने तर्क दिए । उनले भने–‘सिंचाई,बाढी नियन्त्रण,कर ब्यवस्थापन,वन सम्बन्धी कानून स्थानीय स्तरबाटै निर्माण हुनेछन् । तपाईको माटो र भूगोलको आवश्यकता अनुसार कानून निर्र्माण भएपछि गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति हुने उनको भनाई थियो ।
पत्रकार जुनसुकै दलमा आस्था राख्ने भएपनि समाचार निष्पक्ष लेख्नु पर्ने बताउँदै उनले प्रिय र अप्रिय बनिने डरमा वास्तविक समाचार लेख्न छोड्नु नहुने उल्लेख समेत गरे । उनले पत्रकारलाई भने – सत्य समाचार मन अमीलो बनाएर भएपनि लेख्नुहोस ।
२००७ साल यता मोरङ जिल्लाले धेरै प्रधानमन्त्री देशलाई दिएपनि नेपाली जनताको जीवन स्तर उक्सिन नसकेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले गाउँमा अधिकार नपुगेसम्म नेपाली जनताको आर्थिक स्तर नउठ्ने बताए । उनले भने– मन्त्रीले जनताको समस्या सुन्दछन हेलीकप्टरमा उडेर जादा भुती सक्छन ।
अर्को फरक प्रसंगमा उनले मधेसी मोर्चा सरकारलाई अझै गलाउने र थकाउने दाउमा रहेको बताए । ‘चुनाव तोकिएकै समयमा हुन्छ,ढुक्क हुनुहोस मन्त्रिी कार्कीले जानकारी दिए । सबै विषयमा सरकार लचिलो छ,हिमाल पहाड तराईलाई जोड्ने राष्ट्रवादमा मात्र सरकार विश्वास गर्छ ।
मधेसी मोर्चाको संविधान संसोधनको मागलाई सम्वोधन गर्न सरकार तयार रहेको बताउँदै मन्त्री कार्कीले सरकारमा बसेर पाखुरा सुर्किने भन्दा पनि कसरी सबैका मागलाई सम्बोधन गरेर समस्या समाधानको गाँठो फुकाउन सकिन्छ भन्नेमा सरकार जहिल्यै गम्भीर रहेको छ ।
जनतालाई कति अन्ययोलमा राखनु हुन्छ ? भन्ने प्रश्नमा उनले “तपाई एक जना अन्योलमा भएर केही हुन्न हामी सरकारमा बसेर दलहरुलाई रुस्ट बनाउन मिल्दैन” ।
उन नेकपा माओवादी केन्द्र उर्लाबारी नगर समितिद्वार आयोजित चुनावी कार्यक्रम तथा प्रशिक्षणमा प्रमुख अतिथिका रुपमा उर्लाबारी पुगेका हुन् ।