पूर्वाञ्चल खबर
सकुलले यस वर्ष एसईई परीक्षामा सहभागी सबै १ सय २१ जना विद्यार्थीलाई शतप्रतिशत सफल गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको हो। तीमध्ये ६ जना विद्यार्थीले उत्कृष्ट ४.० जिपिए प्राप्त गरेका छन्। ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई जनही नगद १ लाख पुरस्कार वितरण गरेको छ।
त्यसैगरी, बाँकी सबै विद्यार्थीहरूले पनि न्यूनतम जिपिए ३ भन्दा माथिको नतिजा हासिल गरेका छन्। विद्यार्थीहरूको मेहनत, अभिभावकहरूको समर्पण र शिक्षकहरूको निरन्तर मार्गदर्शनका कारण यस्तो सफलता सम्भव भएको स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले बताए। विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै प्रिन्सिपल बस्नेतले भने, “दुःख गरेर पढेका र अभिभावकले मेहनतका साथ पढाएका नानीहरूको यो सफलतामा हामी अत्यन्त खुशी छौँ। असल शिक्षाले मानवको जीवन बदल्छ। यी सबै नानीहरूको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ” उनले भने ।