AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानीयस्तरमा क्रिकेटको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०८३, आईतवार १८:२६
3
Shares
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / कोशी प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास एवं खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

नेपाल क्रिकेट संघको आज विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले प्रदेशका आठदेखि नौ स्थानमा ग्रास रुटमा क्रिकेटका खेलाडीका उत्पादनका लागि प्रशिक्षण केन्द्रका लागि वजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त्त गरे।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रंगशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माण गरि सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त्त गरे । उनले मेची रंगशालामा प्रदेश सरकारले अन्तर्राष्ट्रिस्तरको प्रतियोगिता सञ्चालन गर्नका लागि रातो कितावमा वजेटको व्यवस्था गर्ने जानकारी दिदै सो रंगशालामा रात्रि खेलका लागि फ्लड लाइटका जडानका गर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशमा क्रिकेटको विकासका लागि नेपाल प्रिमियर लिग ( एनपिएल)को तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न संघलाई आग्रह गर्दै सो प्रतियोगिताको प्रथम पुरस्कारको रकमको व्यवस्था गर्ने तथा विराटनगर किङ्गसको नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न सुझाव दिए । उनले विकास भनेको पुल पुलेसा र सडक मात्र नभएर खेलकुदको माध्यमवाट विकास गरी मुलुकमा रोजगारी एवं आयर्जनबाट आर्थिक चलायमान गर्न सकिने बताए।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटको माध्यमबाट नेपालको पहिचान विश्वमा पुगेको बताउँदै यस खेलको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताए ।

सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास वोर्डमा उपाध्यक्ष र सदस्य सचिव नियुक्ति नहुनाले खेलुकुदको लागि बजेट छुट्याउन समस्या भएको बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका वरिष्ठ व्यवस्थापक रोहित पोद्धारले नेपाल सह आयोजक भएको अण्डर १९ महिला क्रिकेट प्रतियोगिताको सफलता पूर्वक आयोजना गर्ने र खेलाडीहरुले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित मेहताले मुलुकमा लोकप्रिय खेलको रुपमा क्रिकेटको विकासका लागि आवश्यक सहयोग निरन्तर रहने विचार व्यक्त्त गरे।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चुतुरबहादुर चन्द्र , उपाध्यक्ष रोशनकुमार सिंह , सचिव पारश खडका ,कोशी प्रदेशीक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेलगायतले नेपाल प्रिमियर लिग(एनपिएल)का कारण गाउँगाउँमा क्रिकेट खेलको लोकप्रियता वृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर