AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिवद्ध छ –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०८३, सोमबार १८:४९
3
Shares
विराटनगर / प्रदेशका महिला उद्यामीहरुको आर्थिक रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

नेपाल उद्योग परिसंघद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुई देखि छ वर्षसम्म व्याज अनुदानमा १२ बैकमार्फत छ प्रतिशत व्याजमा कर्जा उपलव्ध गराउने व्यवस्था गराएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अगाडि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह समेत गरे। उनले प्रदेशका दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प्रदेश सरकार अन्तर्गत चार हजार कर्मचारीहरुले वृद्धि हुने पोशाक भत्ताले हप्तामा एक दिन घरेलु कपडा लगाउनु पर्नेमा बताए।

मुख्यमन्त्री कार्कीले व्यापारीहरुले प्रदर्शनीस्थलको लागि जग्गा उपलव्ध गराएमा प्रदेश सरकारले भवन निर्माणमा रकमको छुट्याउने जानकारी दिए। उनले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्र्झाता भएका अहिले एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार बटा कार्यान्वयन आउने भएको बताए।

मुख्यमन्त्री कार्कीले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदुषि राणा, पवन गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलव्ध गराउने बताए। सम्मेलनमा प्रदेशका तीन सय महिलाहरुको सहभागिता रहेको छ।

परिसंघले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको छ। सम्मेलनले महिलालाई कृषि,सीप,सिर्जनशिलता र डिजिटल नव प्रवद्र्धन मार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर