AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्रेड युनियन आन्दोलनलाई चलाए बालेन ‘हावा जस्तै बगेर जान्छन्’ जिफन्ट अध्यक्ष धमला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०८३, शुक्रबार २३:१०
3
Shares
विराटनगर /जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्न खोज्ने वा खारेजीको कुरा गर्नेहरू ‘हावा जस्तै बगेर जाने’ चेतावनी दिएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जिफन्ट कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै धमलाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले ट्रेड युनियन खारेजीको दिवास्वप्न देखिरहेकोतर्फ संकेत गर्दै धमलाले भने, “नेपालको ट्रेड युनियन आन्दोलनलाई यदि कसैले हल्लाउन खोज्यो भने ऊ हावा जस्तै उडेर जान्छ । यो आन्दोलन कसैले रहरले गरेको होइन, श्रमिकको अधिकार र सामूहिक सौदाबाजीका लागि रगत–पसिना बगाएर स्थापित गरिएको हो ।”

उनले ट्रेड युनियनलाई निषेध गर्न खोजिए अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ लगायतका निकायहरूले समेत कडा जवाफ दिने बताए । सम्बोधनका क्रममा धमलाले काठमाडौँमा सुकुम्वासी बस्तीमा चलाइएको डोजर र त्यसका कारण उत्पन्न परिस्थितिको कडा आलोचना गरे ।

विकल्प र व्यवस्थापन बिना श्रमिकका झुपडी भत्काउँदा एक श्रमिकले आत्मदाह गर्नुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, “सरकार परिवर्तन भइरहन्छन्, तर श्रमिकको पीडा झन् बढ्दै गएको छ । सुकुम्वासीका घरमा डोजर चलाउनु अघि उनीहरूको व्यवस्थापन गरिनुपर्थ्यो ।”

उनले जिफन्टका सदस्यहरूलाई अनुशासित र मर्यादित बन्न आग्रह गर्दै श्रमिकको सम्मान नहुने राष्ट्र कहिल्यै अगाडि बढ्न नसक्ने जिकिर गरे ।

सोही कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले श्रमिकहरूको हकहितका लागि उद्योग संगठन सधैं सकारात्मक रहेको बताए । उनले श्रमिकहरूको लगनशीलता र मेहनतका कारण नै उद्योगधन्दाहरू सञ्चालन हुन सम्भव भएको भन्दै श्रमिक र रोजगारदाताबीचको सुमधुर सम्बन्धमा जोड दिए ।

विराटनगरमा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत ठूलो संख्यामा श्रमिकहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर