AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एसी जडान गरिएको ‘जुवाघर’ बाट ६ पक्राउ, नगदसहित तास बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०८३, बिहीबार १४:५३
162
Shares
विराटनगर / विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एक खाली घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

बुधबार राति ८ बजेतिर तास खेलिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई जुवा खेलिरहेको ठाउँबाटै समातेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाहरूको साथबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रूपैयाँ र भारतीय २ हजार ५ सय रूपैयाँ बरामद भएको छ।

एउटा खाली घरमा एसीसमेत जडान गरेर तास खेल्नका लागि व्यवस्थित ठाउँ बनाइएको पाइयो,’ एसपी कटवालले भने, ूत्यहाँ दैनिक रूपमा जुवातास खेल्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। उनीहरूमाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर