पूर्वाञ्चल खबर
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीबाट खटिएको टोलीले बर्जु गाउँपालिका–६ स्थित बर्जु तालनजिकबाट सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँउ, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरीशनिश्चरे–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् । उनीहरुलाई बिहीबार साँझ पक्राउ हो।
झापाबाट गैँडाको खाग ल्याइरहेको गोप्य सूचनाका आधारमा परिचालित टोलीले उनीहरूलाई एकै ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट एउटा खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको छ। कार्यालयका निमित्त प्रमुख शिवनारायण मण्डलका अनुसार उनीहरू खागको तौल लिँदै गर्दा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने खाग कहाँबाट ल्याइएको हो र कता लैजान लागिएको थियो भन्ने अझै खुल्न बाँकी रहेको छ। एकसिङ्गे गैँडा अत्यन्तै दुर्लभ वन्यजन्तु भएकाले यसको खागको अवैध व्यापार अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित छ। उच्च मूल्यका कारण अवैध तस्करी हुने गरेको छ।
लोपोन्मुख एवं अति दुर्लभ जंगली जनावर गैँडाको खागको व्यापारलाई अवैध मानिन्छ । विभिन्न परम्परागत भ्रमका कारण लुकाइछिपाइ खागको अवैध व्यापार हुने गरेको छ । तर, खाग निक्कै महँगो र दुर्भल मानिन्छ ।
एकसिङे गैँडा दुर्लभ भएकाले अन्तर्राष्ट्रिय कालो बजारमा यसको मूल्य अत्यन्तै धेरै हुन्छ । अत्यधिक मूल्यमा किनबेच हुने गरेकै कारण अवैध चोरी सिकारीमा संलग्नले गैँडा मार्ने जोखिम उठाउँछन् । जसका कारण गैँडाको संरक्षणमा ठूलो चुनौती थपिएको छ