पूर्वाञ्चल खबर


निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४४ औँ मिनेटमा एपीएफका मणि कुमार लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोष्टको थोरै माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको एपीएफले दोस्रो हाफमा आक्रामक खेल पस्किए पनि गोल गर्न सकेन । ५० औँ मिनेटमा एपीएफका प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । त्यस्तै ६३ औँ मिनेटमा सविन गुरुङको प्रहार पनि लक्ष्यहीन बन्यो ।
यता चर्च ब्वाइजका सुरज गौतमले ६९ औँ मिनेटमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । गोल गर्ने आधा दर्जनभन्दा बढी सुन्दर अवसरहरू चुकाउँदा पूर्वविजेता एपीएफ पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । एपीएफले २०७८ सालमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले पराजित गर्दै विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधि दाबेदारका रूपमा हेरिएको एपीएफको यात्रा यसपटक भने क्वार्टरफाइनलमै सीमित भएको छ ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।