पूर्वाञ्चल खबर
विराटनगर /कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड दिएकाछन् ।
तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको पक्राउको विषयमा मन्त्री मेहताले सरकारले काम गर्न हतारो गरेको बताएका हुन् । विराटनगरमा आज पत्रकारसंग कुरा गर्दै मन्त्री मेहताले सरकार गठन भएसंगै नेताहरुलाई कार्वाही गरिनु हतारो भएको बताएका हुन् ।मन्त्री मेहताले भने, ‘सरकार गठन भएसंगै तत्कालै हिजो गठन भएको आजै जुन हिसाबले अघि बढेको त्यो हतारो भएको हो । सरकारले विषय बुझेर अध्ययन गरेर प्रक्रियासंगत अघि बढ्नुपथ्र्यो।’ गलत कसैले गरेको हुँदा दण्डित हुनुपर्ने बताएका मन्त्री मेहताले भने, ‘विधिको शासन छ, संवैधानिक राज्य छ ।
संविधान अनुसार लोकतन्त्रको सीमाभित्रको सरकार छ । सोही संविधान अनुसार सरकार चलेको छ। सरकारले जुन सुरुवात गरेको छ, त्यो अलि हतार गरेजस्तो देखियो। यसमा अध्ययन साथ अघि बढ्दा राम्रो हुने हो। ’ प्रतिवेदन अध्ययनगरि अघि बढ्नुपर्नेमा जोडदिएका मन्त्री मेहताका अनुसार भदौ २३ र २४ गतेको घटनालाई प्रतिवेदनमा समेटिएको वा नसमेटिएको कुरा विस्तृत रुपमा बुझ्न बाँकी नै रहेको छ । उनले प्रतिवेदनमा समेटिएका कुराहरुलाई कार्वान्वयनमा लैजान अलि समय लाग्ने बताए । उनले भने, ‘काम गर्नका लागि जहाँ जसले गलत गर्छ, त्यसले दण्डित हुनुपर्छ त्यसमा दुईमत नै भएन । त्र त्यसलाई प्रक्रियागत रुपमा लैजानुपर्ने थियो । यो चाही अलि हतारो नै भयो।’
शुक्रबार सरकार गठनभएसंग गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुंगको निर्देशनमा एमाले अध्यक्ष ओली र तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको छ ।