पूर्वाञ्चल खबर
“भक्ति र सेवाको संगम, परोपकारमा कुर्सी हस्तान्तरण कार्यक्रम–२०८२” अन्तर्गत आयोजित कार्यक्रममा सन्ध्या आरतीमा सहभागी भक्तजनहरूको सहजताका लागि कुर्सी हस्तान्तरण गरिएको हो।
कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि झि पुचः का पूर्व अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठ श्रेष्ठले युवाहरूको यस्तो सामाजिक योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे।
कार्यक्रममा परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आरती स्थलमा भक्तजनहरूको सुविधाका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको उल्लेख गरे।
कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रिजन सिग्देलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सहसचिव गौरव कर्णले कार्यक्रम सञ्चालन गरेका थिए।