AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ‘सुरक्षित चालक’ अभियान तिव्र, २२८ सिटी सफारी चालकलाई ज्याकेट वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०८२, शुक्रबार १९:२२
72
Shares
विराटनगर /विराटनगरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत तेस्रो चरणको पोसाक ज्याकेट वितरण गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा आज आयोजित एक कार्यक्रमका बीच २२८ जना सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो।

अभियानमा दर्ता भएका चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग र सुरक्षित चालक अभियानको महत्त्वबारे प्रशिक्षण समेत दिइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले सिटी सफारीलाई व्यवस्थित बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको जानकारी दिए।

‘सिटी सफारी सेवालाई जिम्मेवार र सुरक्षित बनाउन हामीले यो पहल गरेका हौँ,’ प्रहरी निरीक्षक न्यौपानेले भने, ‘यसले चालकहरूमा अनुशासन कायम गराउनुका साथै सडक सुरक्षामा समेत टेवा पुग्ने विश्वास लिएका छौँ।’
विराटनगर महानगरपालिका क्षेत्रमा हाल करिब १५ हजार सिटी सफारी सञ्चालनमा रहेका छन्। जसमध्ये हालसम्म झण्डै १ हजार चालकहरू यस सुरक्षित चालकु अभियानमा जोडिसकेका छन्। अभियानमा आबद्ध भएका चालकहरूको विस्तृत विवरण ट्राफिक प्रहरीले राख्ने गरेको छ, जसका कारण कुनै अप्रिय घटना वा समस्या भएमा पहिचान गर्न सहज हुने प्रहरीको भनाइ छ।

यसअघि दुई चरणमा गरी अन्य चालकहरूलाई पनि पोसाक वितरण गरिसकिएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर