पूर्वाञ्चल खबर
रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले १० हजार २४० मतसहित विजयी भएका हुन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका हुन्। निर्वाचनको आज सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट ६ हजार ७ सय ७८ मतान्तरले विजयी भएका हुन् । एमालेका लिलामणि गौतम ३ हजार ४ सय ६२ मत ल्याइ दोस्रो स्थानमा रहेका छन् ।
यस्तै कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको हो ।