AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेकपाका संयोजक ‘प्रचण्डको जित सुनिश्चित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०८२, शुक्रबार १७:४४
63
Shares
विराटनगर/नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ ।

रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।

अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि रहेकोले उनी विजयी हुने निश्चित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर