पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार अहिले १२ बजेसम्मको खसेको मत अनुसार पुरुष ८२ हजार ११९ र महिला ७५ हजार ५९६ जनाले मतदान गरी २० दशमलव १४ प्रतिशत मतदान गरेको जनाएको छ।
निर्वाचन क्षेत्रगत विवरण अनुसार, क्षेत्र नं. १ मा १८ हजार १ सय २६ मत (१४.१० प्रतिशत), क्षेत्र नं. २ मा २१ हजार ६ सय २६ मत (१६.७४ प्रतिशत), क्षेत्र नं. ३ मा ३० हजार ३ सय २२ मत (१९.१८ प्रतिशत), क्षेत्र नं. ४ मा २७ हजार ३ मत (२२.६४ प्रतिशत), क्षेत्र नं. ५ मा २३ हजार १ सय ८० मत (२१.०४ प्रतिशत) र क्षेत्र नं. ६ मा ३७ हजार ४ सय ५८ मत (२७.१८ प्रतिशत) खसेको छ ।
जिल्लामा सात लाख ८३ हजार ५० मतदाताले ८८८ मतदान केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा विभिन्न दल एवं स्वतन्त्र गरि ११० जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्