AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सवै मिलेर देश बनाउनु पर्छ : डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार १०:२०
72
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचन पछि सवै दल मिलेर देश बनाउनुपर्ने बताएका छन्  ।

देशमा नयाँ र पुरानो पार्टी भन्ने नभएका भन्दै उनले सवै दल देश बनाउनका लागि एक हुनुपर्नेमा जोड दिए।

विराटनगर ७ स्थित आदर्श मावि मतदान केन्द्रमा मत खसालेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै  डा. कोइरालाले देशमा राजनीतिक, सामाजिक तथा आर्थिक स्थिरता नभएको बताए । उनले भने,‘ सवै मिलेर देश बनाउनु पर्छ ।’

संविधानमा सुधार आवस्यक भएको उनले बताए। डा. कोइरालो भने,‘ सवै दलहरु एक भएर संविधानमा सुधार गर्नुपर्छ । अन्य पार्टीले पहल गर्न सक्दैनन । नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले यस पहल हामी लिन्छौं ।’

निर्वाचनबाट नेपाली कांग्रेस ठुलो पार्टी बन्ने उनको दावी छ । निर्वाचनबाट एकल सरकार बन्ने अवस्था नदेखिएको उनले बताए । म्याजिक नम्वर ल्याउनेले सरकार बनाउँछन् भन्ने प्रश्नमा उनले भने,‘ खै उहाँहरुलाई लाग्छ होला मलाई लाग्दैन ।’

निवर्तमान सांसद समेत रहेका डा. कोइराला मोरङ ६ बाट २०६५ को संविधानसभाको उपनिर्वाचन, २०७० को दोश्रो संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधिसभा सदस्यमा मोरङ ६ बाट निर्वाचित भएका थिए । पहिलो संविधानसभा र २०७४ मा उनी पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर