AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा निर्वाचनपछि हुने मतगणनाका लागि तयारी पूरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०८२, बुधबार १८:०१
126
Shares
विराटनगर / मोरङमा प्रतिनिधिसभा निर्वाचन पछि हुने मतगणनाका लागि तयारी पूरा भएको छ । ६ वटा क्षेत्र रहेको मोरङमा यो पटक छुट्टा छुट्टै स्थानमा मतगणना हुँदैछ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार मतगणना स्थलमा तारजाली लगाइएको छ । स्थलको निगरानीका लागि सिसी क्यामेरा जडान पनि भएको छ । मतगणना स्थल पनि विद्यालयको तेस्रो तल्लामा बनाइएको छ ।

२०७९ सालको निर्वाचनमा मोरङको तीन क्षेत्रको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा भएको थियो । यो पटक भने आदर्श स्कुलमा क्षेत्र नम्बर ६ को मात्रै मतगणना हुनेछ । सुरक्षा संवेदशीलताका कारण छुट्टा छुट्टै स्थानमा गणनाको तयारी भएको हो ।

क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिजुवामा हुनेछ ।

क्षेत्र नम्बर ३ को मतगणना भगवती माध्यमिक विद्यालयबेलबारीमा हुनेछ । क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना माध्यमिक विद्यालयविराटनगरमा हुनेछ । क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा हुनेछ । २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ४,५ र ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना भएको थियो ।

मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु हुनेछ । मतगणना सुरु गरेको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर