AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सवन्धी काेशी प्रदेश स्तरीय अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०८२, आईतवार ११:२२
225
Shares

दोस्तीका सिंहा कर्ण
विराटनगर / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा काेशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सवन्धी काेशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै पत्रकारलाई धम्की, आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति निकाल्नु परिरहेको बताइन् । उनले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरिन् । डिजिटल प्लेटफर्मका कारण सहि र सत्य सूचनाहरू जनता समक्ष पुर्‍याउन चुनाैति रहेकाे बताइन् ।

पत्रकार महासंघले निर्वाचन अभिमुखिकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिने अध्यक्ष शर्माले बताइन् । अभिमुखिकरण कार्यक्रममा पत्रकारले भाेगेका चुनाैतिबारे छलफल र सुरक्षित हुँदै आचारसंहिता पालना गर्न आग्रह गरिन् । आचारसंहिता पालना सवै पत्रकारको कर्तव्य भएकाे अध्यक्ष शर्माले बताइन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्ने र अरू पत्रकारलाई पनि पालना गराउन लगाएर जिम्मेवार भएर रिपोर्टिङ गर्न आग्रह गरे ।

पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष भरत खड्काले सहि र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले मिथ्या समाचार सम्प्रेषण नगर्न समेत आग्रह गरे ।

नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका समयमा धेरै उत्तेजित भएर रिपोर्टिङ नगर्न आग्रह गरे । आचारसंहिता पालना गर्दा पत्रकार सुरक्षित हुने उनले बताए ।

अभिमुखिकरण कार्यक्रममा काेशी प्रदेशका तीन दर्जनबढी पत्रकारकाे सहभगिता रहेकाे छ । सहजीकरण महासंघ अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर