AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाल संसारमा विज्ञान प्रदर्शनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०८२, शनिबार १६:४०
126
Shares
विराटनगर / विराटनगर ५ को बालसंसार इङ्लिस स्कुलले एक दिने विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । स्कुलले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आईरहेको छ ।

विद्यार्थीमा रहेका कला र सिर्जना प्रस्तुत गर्ने उद्देश्यले नियमित रुपमा प्रदर्शनी कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल खड्ग राईले जानकारी दिए। स्कुलमा अध्ययनरत सवै विद्यार्थीको सहभागितामा प्रदर्शनी कार्यक्रम गरिएको उनले बताृए। विद्यार्थीले प्रदर्शनीमा तयार गरेका सामग्रीको अभिभावक, विद्यार्थी, शिक्षकहरुले अवलोकन गरेका थिए ।

विद्यार्थी अभिभावकहरुले अवलोकन गरि मूल्यांकन गरेका थिए । मूल्यांकनका आधारमा उत्कृष्टलाई विद्यालयले पुरस्कृत पनि गर्दै आएको छ ।

विद्यार्थीलाई अध्ययनसँगै हरेक गतिविधिमा अब्बल बनाउने उद्देश्यले स्कुलले नियमित रुपमा अतिरिक्त कार्यक्रम, खेलकुद, अध्ययन अवलोकनका कार्यक्रम गर्दै आएको प्रिन्सिपल राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर