पूर्वाञ्चल खबर
शहिद मैदानमा भएको पहिलो खेलमा रेडस्स्टार कलेजले कोशी मोडेल कलेजलाई २–० को गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच मनिस लिम्बु र विजय मगरले १–१ गोल गरे ।
दोस्रो खेलमा कान्तिपुरले बुद्ध कलेजलाई ३–१ को गोल अन्तरले पारजित गरिसेमिफाइनलमा प्रवेश गरेको छ । कान्तिपुरकोे जितमा प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निसान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल गरे ।
तेस्रो खेलमा अर्किड कलेजले होली चायल्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।