AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा सदस्य निर्वाचन : काेशीमा मतदान शुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०८२, आईतवार १०:०७
27
Shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
विराटनगर / राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज देशभर मतदान सुरु भएको छ ।

कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा रहेको मतदान केन्द्रमा मतदान शुरु भएको छ।

निर्वाचन आयोगका अनुसार आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा एकैसाथ मतदान हुने छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा अन्य समूहअन्तर्गतको १ पदमा भने निर्वाचन हुनुपर्ने अवस्था आएन । नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी १७ पदका लागि मतदात हुने छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ । यी मतदाताले गोप्य मतदान प्रणालीमार्फत राष्ट्रियसभा सदस्य चयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर