AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरले जित्यो विराटनगर क्रिकेट लिगको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०८२, शनिबार १७:४४
225
Shares
पुष्पराज थपलिया
विराटनगर / विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले विराटनगर क्रिकेट लिग लिगको उपाधि जितेको छ ।

विराटनगरले आज भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवलाई २ रनले पराजित गर्दै लिगको उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफि हात पारेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङको गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३८ रनको योगफल तयार पारेको थियो । विराटनगरकालागि सुजन थपलियाले ४७ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै ७२ रन जोड्दा कमल देव चौधरीले १९ रन र कृष शर्माले १५ रन जोडे । श्रवण किस्कुले २ विकेट लिँदा दिपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।

जवाफमा १ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ३६ रन मान बनाउँन सक्यो । सिद्धार्थका रविन मण्डलले ४८ रन जोड्दा अनिल लामिछानेले ३६ रनको योगदान दिए । विराटनगरको कृष शर्माले ४ विकेट लिँदा रितेश झाले ३ विकेट र प्रसान्त साहले २ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द फाइनल विराटनगरका कृष शर्मा घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर लायनका सकिव हक भ एभने उत्कृष्ट बलर सिद्धार्थका दिेपेश कँडेल भए । प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दाेस अन्सारी भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद वावु कुरेसी, सुनसरी क्रिकेट सँघको अध्यक्ष सिपि पौडेल र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर