पूर्वाञ्चल खबर
उनले आज दिउँसो साढे १ बजे विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रायले सुशासन र विकास नै आफ्नो मुख्य एजेन्डा भएको बताए। यिनै मुद्दाहरूलाई प्राथमिकतामा राखेकाले यसपटक चुनाव जित्नेमा आफू ढुक्क रहेको उनले दाबी गरे।
प्रतिस्पर्धी एमालेका उम्मेदवार ढकालबीच सौहार्दपूर्ण भेट
मनोनयन दर्ताका क्रममा निर्वाचन कार्यालयमा एउटा रोचक र सौहार्दपूर्ण दृश्य देखियो। सोही क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रहेका विनोद ढकाल र ओपेन्द्र रायबीच कार्यालयमै जम्काभेट भएको थियो। चुनावी मैदानमा प्रतिस्पर्धी भए पनि उनीहरूले निकै सकारात्मक शैलीमा एक–अर्कालाई शुभकामना व्यक्त गरे। सो क्रममा दुवै नेताले सामूहिक तस्बिर समेत खिचाएका थिए। मजदुर आन्दोलनबाट राजनीतिमा सक्रिय रहेका रायको उम्मेदवारीले मोरङ ६ को चुनावी माहोललाई थप चर्चामा ल्याएको छ।