AArya
RUMPUM
animated ellipse animated ellipse

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेनले दिए राजीनामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ माघ २०८२, आईतवार १७:४४
45
Shares
काठमाण्डौ/ फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार दिन काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले पदबाट राजीनामा दिएका छन्।

उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा साहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

मेयर बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ। पत्रमा भनिएको छ,’यस पदमा रहँदा काठमाण्डौ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’

साहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर