खबर पूर्वाञ्चल

लावतीको सनम फलफुल प्रशोधन उधोगले किवीबाट बनेको जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि विराट सडक महत्सोवमा पर्दशनमा राखेकी छिन् ।
उनले किवीबाहेक लालीगुराँसबाट बनेको सामाग्रिसमेत पर्दशनमा राखेकी छिन् । मैले प्रदेश १ मा लागेको हरेक महोत्सव तथा एक्पोमा स्थानियले उत्पादन गरेको किवीबाट आफै विभिन्न उत्पादन गरेर महत्सवमा पर्दशनमा राख्ने गरेको बताइन् ।
लावतीलाई श्रीमान बालिन्द्रकुमार राईले समेत साथ दिएर महत्सव तथा एक्सपोमा पुग्ने गर्दछन् । उलने हरेक एक्सपोबाट १ देखि २ लाखसम्म आम्दानी हुने बताएन् । यसको आम्दानीले उनले आप्नोे परिवार पाल्ने गरेको सुनाइन् । लावतीले वर्षमा कोशी प्रदेमा लाग्ने ६–८ वटा महत्सवमा सहभागि हुने गरेकी बताइन् । थाहापाए जति सवैमा जाने गरेको बताइन् ।
लावतीले यस अधि विराटनगरमा सम्पन्न विराट ट्रेड एक्स्पोमा समेत किवीबाट बनेको जुसलगायतले पर्दशनमा राखेकी थिइन् । उनी कोशी प्रदेशभरी लाग्ने महत्सव तथा एक्स्पोमा सनम फलफुल प्रशोधन उधोगमा बनेको समाग्रि पर्दशनमा राख्ने गरेकी छिन् ।