विराटनगर / विराटनगरमा जारी विराट एक्स्पोमा शुक्रबार राती राजनराज शिवाकोटीको गितमा उपस्थित दर्शक छमछमी नाचेका थिए ।
मोरङ उद्योग ब्यापार संघले पुस ९ गतेदेखि विराटनगर–१ पोखरियामा शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा शुक्रबार राती करिव ७ बजे गायक शिवाकोटीको प्रस्तुति दिँदा एक्स्पो भर्न आएका दर्शक छमछमी नाचेक थिए । गायक शिवाकोटीले आफ्नो चर्चित गित कुटुमा कुटु सुपाडी दानादेखि सुर्खे थैलि जस्ता चर्चित गित गाउँदा एक्सपोमा उपस्थित दर्शकको हुटिङसँगै मैदानमै छमछमी नाचेका थिए ।
सुनसान रातमा यो mमेरा आत्मा गित गाएर शुरु गरेका गायक शिवाकोटीले कुटुमा कुट सुपाडी दाना गित गाउँदै अन्त्य गरेका थिए । उनले चेम्टे चेप्टे पेरुङ्गे, गोजीमा दाम छैन, फुलबुट्टे साडी, सुर्खे थैलीजस्ता लोगप्रिय गित प्रस्तुति दिँदा दर्शकको हुटिङले केहीवेर एक्स्पोको माहोल तातेको थियो । तस्वीरहरु : पुष्पराज थपलिया