विराटनगर १ बैसाख । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय पत्रकारसँग कुरा गर्दै गच्छदारले सीमांकनको समस्या समाधान कहिले आयोग मार्फत गर्ने भन्ने कहिले संविधान परिमार्जन भए मान्ने भन्ने कुराले कन्फ्युजन सिर्जना गरेको बताएका छन् ।
मोर्चा आफैं पनि स्थानीय तहको निर्वाचनकालागि भित्र भित्रै उम्मेदवार छनौट गर्ने काम गरिरहेको बताउँदै गच्छदारले मोर्चाले बाहिर बाहिर मात्रै चुनावको विरोध गरेको दाबी गरे ।
सरकार र निर्वाचन आयोग दुवैले सबैको सहभागितामा परिणाममुखी निर्वाचन गराउने तर्फ परिस्थिति निर्माण गर्नु पर्नेमा गच्छदारले जोड दिए । मोर्चाका नेताहरु प्रचण्ड प्रधानमन्त्री भएपछिको ८ महिनाको अवधिमा १ सय पटक भन्दा बढी बालुवाटार पुगेको भएपनि छलफलमा भने गम्भिर नभएको देखिएको बताए ।
कांग्रेस पार्टी मात्रै ठूलो भएको र दृष्टिकोण नहुँदा समस्या भएको गच्छदारले आरोप छ । उनले कांग्रेस पार्टी मात्रै ठूलो हो, तर भिजन नहुँदा समस्या भएको बताए ।