विराटनगरको विराट एक्स्पोमा गायक शिव परियारले तताए महोल
पूर्वाञ्चल खबर
१३ पुष २०८२, आईतवार ०८:०५
441
Shares
पुष्पराज थपलिया
विराटनगर /विराटनगरमा जारी विराट एक्स्पोमा शनिबार राती गायक शिव परियारले माहोल तताएका छन् ।
मोरङ उद्योग ब्यापार संघले पुस ९ गतेदेखि विराटनगर–१ पोखरियामा शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा शनिबार राती करिव साढे ६ बजे गायक परियारको प्रस्तुति दिँदा एक्स्पोको माहोल तातेको थियो । अहिलेकी पुस्तामा निकै नै लोकप्रिय लोक गायक परियारले पिउँदिन भन्दा पिलायो साथीको गित गाउँदा एक्सपोमा उपस्थित दर्शकले वानस मोर भन्दै हुटिङ गरेपछि फेरि गाएका थिए । गायक परियारकोे करिव १ घण्टा प्रस्तुतिले एक्स्पो उपस्ति दर्शकल भरपुर मनोरञ्जन दिएका थिए ।
गायक परियाले क्या दामी भो, पाकेको फल मिठो, धोकेबाज हौ तिमि, हल्ला हल्ला मै माया बस्यो, फेवा ताल mा साली र मेरा mाया भि हुन्छ हुँदैनलगायतका बोलको गितबाट प्रस्तुति दिँदा दर्शकको हुटिङले केहीवेर एक्स्पोको माहोल तातेको थियो । तस्वीर : पुष्पराज थपलिया