खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा, श्रीजनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एक(एक स्वर्ण जित्न सफल भएको हो।
आज छात्रहरूको सटपुट थ्रोमा एभरेष्ट माविका कुशल अधिकारीले स्वर्ण जित्न सफल भए भने रजत पदक ग्रेडेड माध्यमिक विद्यालयका अमृत राज साह र कास्य पदक श्रीमिल्स माध्यमिक विद्यालयका रुपेश राजवंशीले जिते ।
छात्राहरूको सटपुट थ्रोको स्वर्ण पदक एभरेष्ट माविकी आस्ना गिरी, रजत पदक श्रीजनता नमुनाकी बबिता राणा र कास्य पदक आदर्श माविकी रानी कुमारी सिंहले जित्न सफल भए।
त्यस्तै, छात्रहरूको १५०० मिटर रेसमा श्री जनता नमुनाका समिर राजवंशीले स्वर्ण जित्दा श्रीसत्यनारायण माध्यमिक विद्यालयका प्रियांशु साहले रजत र आदर्श माध्यमिक विद्यालयका गगन काजुन लिम्बूले कास्य पदकमा चित्त बुझाउनु परेको थियो।
छात्राहरूको १५०० मिटरको रेसमा भने आदर्श माध्यमिक विद्यालयका अर्चना कुमारी राजवंशीले स्वर्ण, श्रीजनता नमुना माविकी बबिता राणाले रजत र श्रीसत्यनारायण माविकी आँचल मण्डलले कास्य पदक जितीन्।