खबर पूर्वाञ्चल
नेपाली कांग्रेस विराटनगर महानगरपालिका –६ को वडा कार्यालय उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचन मिति तय गरिसकेको चुनावी माहोल बनाएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । डा. कोइरालाले कांग्रेसको महाधिवेशन र संसदीय निर्वाचनलाई सँगसँगै लिएर अगाडि बढ्ने बताए । उनले नेकांको क्रियाशील सदस्यता वितरणमा युवा, महिला र अल्पसंख्यलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
डा कोइरालाले सरकारले निर्वाचनलाई सभ्य, सुरक्षित , निश्पक्ष भय रहित वातावारणमा सम्पन्न गर्न सुरक्षाको वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सरकारले जघन्य अपराध गरेर फरार रहेका कैदी पक्राउ र लुटिएका हातहतिर वरामद गर्नु गर्नुपर्नेमा जोड । नेता डा कोइरालाले सरकारले नेकपा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं छोडेर बाहिर नजान भनेकोमा दुःख व्यक्त्त गरे ।