AArya
RUMPUM
animated ellipse animated ellipse

सुरक्षामा आइसीयू सेवा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १७:४४
3
Shares
विराटनगर, ३१ चैत / विराटनगरको सुरक्षा अस्पतालले सात शैय्यासहितको आइसीयू सेवा सुरु गरेको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी नयाँ सेवा सुरु गरिएको जानकारी दिएको हो । अस्पतालकी अध्यक्ष डाक्टर रम्भा देवले दुई करोड रुपैयाँको लागतमा आइसियू सेवा सुरु गरिएको जानकारी दिइन् । चिकित्सक लक्ष्मीनारायण यादव र मनोजकुमार ठाकुरको नेतृत्वमा आइसियू सेवा दिइने डा. देवले बताइन् । उनले आइसियूमा सेवा लिएवापत २४ घण्टाको ६ हजार तिर्नु पर्छ । भेन्टिलेटरमा राखेर सेवा लिँदा भने शुल्क १२ हजार रुपैयाँ पर्छ ।
२०६७ सालमा स्थापना भएको सुरक्षा अस्पतालले गुणस्तरीय प्रसूति सेवाका साथै मेडिसिन सेवासमेत प्रभावकारी बनाएको छ । अस्पतालले यसअघि ‘पेनलेस डेलिभरी’ नदुखाई गराइने प्रसूति सेवा सुरु गरेको थियो । डा. देवले भनीनन् गुणस्तरीय सेवा नै अस्पतालको प्राथमिकता भएको पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर