AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०८२, सोमबार १७:२६
1.21k
Shares
विराटनगर / १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन्।

विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकसहित प्लस टु तर्फ विराटनगरको एभरेष्ट स्कुल र ७ स्वर्ण र ३ रजत सहित स्कुलतर्फ सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले उपाधि जितेका हुन्।

त्यस्तै, स्कुलर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय , २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन्। एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भइन्।

प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल द्धितीय र १ स्वर्ण तथा १ कास्यसहित विराटनगरको अरनिको स्कुल तृतीय भएका छन्।

फुटबलको उपाधि बाल्मिकी स्कुललाई
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि पथरीको बाल्मिकी स्कुलले जितेको छ। विराटनगरको सहिद मैदानमा हिजो राति फ्लडलाइटमा भएको फाइनल खेलमा मोडर्न एरा स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै बाल्मिकीले उपाधि हात पारेको हो।

बाल्मिकीको जितमा असिम बुढाथोकी र सयल फेकले १–१ गोल गरे। मोडर्न एराका तर्फबाट प्रेम शेर्पाले सान्त्वना गोल फर्काए। प्रतियोगिताभर ६ गोल गर्ने पशुपति स्कुलका कृसल थापा उत्कृष्ट गोलकर्ता घोषित भए।

भलिबलमा चार विद्यालयको जित
भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन्। स्कुलतर्फ छात्रमा रंगेलीको सनरे स्कुल र स्कुलतर्फ छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए। स्कुलतर्फ छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए। स्कुलतर्फ छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए।

त्यसैगरी, प्लस टु तर्फ छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते। प्लस टु तर्फ छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए भने प्लस टु तर्फ छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए।

बास्केटबलमा एभरेष्ट र सगरमाथालाई उपाधि
बास्केटबल प्रतियोगितामा स्कुल तर्फ छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो भने प्लस टु तर्फ छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भयो भने विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए। त्यसैगरी, प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर १९ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए। २०६३ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्त्व स्थापित गरेको छ।

विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्रदेश तथा जिल्ला अध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर