AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राप्रपा मोरङ क्षेत्रीय अध्यक्षमा भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०८२, शुक्रबार १७:४१
81
Shares
विराटनगर/ राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ६ मोरङको क्षेत्रीय अधिवेशन विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ ।

राप्रपाका महामन्त्री प्रहलाद साहले अधिवेशनको उदघाटन गर्दै जेन्जीको भवना अनुसार वर्तमान सरकार सञ्चालन हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय सह–प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्य उमा थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल, विराटनगर महानगर अध्यक्ष विकाश लिम्बु प्रदेश क र ख क्षेत्र नं. ६ मोरङका अध्यक्ष श्रवणकुमार सरदार थारु र धर्मेन्द्रकुमार गुप्ता मुलुकमा सुशासन कायम गर्न जन्जीको आन्दोलन भएको बताए ।

सो अवसरमा १०१ जनालाई रुद्राक्षमाला, खाँदा र सम्मान पत्रले सम्मान गरेको थियो । क्षेत्रीय अध्यक्ष रतन तामाङको सभापतित्वमा सम्पन्न भए भएको छ ।

अध्यक्ष पदका लागि तीन जना प्रत्याशि वीच प्रतिस्पधामा हिरा भट्टराईले ४१ मत ल्याएर विजयी भए । अध्यक्ष पदका अन्य प्रतिस्पर्धीहरु मानबहादुर श्रेष्ठ र नेत्रप्रसाद घिमिरे पराजय भएका छन् ।
यसैगरी क्षेत्रीय कार्यसमिति सदस्य पदमा १४ जना सदस्य सर्वसम्मतले चयन भएका थिए । सो निर्वाचन जिल्ला निर्वाचन समितिकात्रय सदस्य डा. दुर्गाबहादुर अधिकारी, प्रदिप शर्मा र अम्बरबहादुर कटुवालले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर