AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अदालतमा जागिर लगाइदिने भन्दै ठगी प्रकरणमा छोरी पुर्पक्षका लागि जेल चलान, आमा धरौटी नबुझाउँदा थुनामै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०८२, बिहीबार १७:१७
279
Shares
विराटनगर / मोरङ जिल्ला अदालतमा जागिर खुलेको भन्दै नक्कली सूचना र परिचयपत्र बनाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका आमा–छोरीविरुद्ध अदालतले आदेश सुनाएको छ।

आज मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेकी कोमलकुमारी साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। सोही प्रकरणमा मुछिएकी उनकी आमा पुनमकुमारी साहलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

तर, अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि पुनमकुमारीलाई पनि कारागार पठाउने तयारी गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। पुनमकुमारीमाथि बैंकिङ कसुरको मुद्दा पनि विचाराधीन रहेको अदालतले जनाएको छ।

अदालतमा जागिर लगाइदिने प्रलोभनमा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए। यस घटनाका मुख्य योजनाकार भनिएका कोमलकुमारीका श्रीमान् सञ्जयकुमार यादव भने फरार छन्। सूचना अधिकारी बुढाथोकीका अनुसार फरार यादवका नाममा शुक्रबार पक्राउ पुर्जी जारी हुनेछ।

फरार रहेका यादवकै मुख्य योजनामा अदालतमा जागिर खुलेको भन्दै नक्कली सूचना जारी गर्ने र सोझासाझा सर्वसाधारणलाई ठग्ने काम भइरहेको थियो। उनीहरूले अदालतको कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५ रुपैयाँ र नायब सुब्बा (नासु) पदका लागि १० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको अभियोग पत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर