AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरको कटारीमा विजय लघुवित्तको वित्तिय सारक्षता कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०८२, शनिबार १९:१७
45
Shares
विराटनगर / विजय लघुवित्त वित्तीय संस्था बेलसोत शाखाले उदयपुरको कटारी नगरपालिका २ मझुवामा आज वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बेलसोत शाखाका प्रमुख महेन्द्र चौलागाईले जानकारी दिए ।

स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले नियमित रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको विजय लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालयका प्रतिनिधि असुली अधिकृत तेजबहादुर खड्काले बताए ।

कार्यक्रममा कटारी नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष नवराज पोखरेल, इलाका प्रहरी कार्यालय बेलसोतका प्रहरी सहायक निरीक्षक टीकाराम कार्की, स्थानीय समाजसेवी युवराज सुवेदीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलसोत शाखा अन्तरगतका समूह सदस्यहरुलाई वित्तिय सारक्षताबारे अभिमुखीकरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर