AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनीको कलेजले गर्‍यो एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने विद्यार्थीलाई नगदसहित सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०८२, शनिबार १२:५९
630
Shares
विराटनगर / विराटनगरमा रहेको अरनीको कलेजले एमबीबीएसको प्रवेश परीक्षा र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।

कलेजले आज आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।

अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन्। जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छन्।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने नितेश कुमार श्रेष्ठलाई कलेजले सम्मान गरेको छ।

यसैगरी कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा प्रथम हुने मञ्जिला ओझा, द्वितीय प्राञ्जल नेपाल र तृतीय सुजन राजवंशी रहेका छन्। यसैगरी कक्षा ११ तर्फ प्रथम नितिश कुमार गुप्ता, श्रेयन खड्का, द्वितीय विवेक गुप्ता र तृतीय प्रिन्सप्रशान्त साह भए। उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाए।

कार्यक्रममा बोल्दै एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्ने सुशान्त दाहालले लगनशील भएर अध्ययन गर्दा सफलता मिलेको र यसको श्रेय कलेजलाई जाने बताए।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरूले प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल भएको बताए। सबैभन्दा बढी एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्न सफल अरनीको कलेज भएको उनले बताए।

सम्मानित भएका विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कोअर्डिनेटर विकास खनाल, संचालकहरू भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा र निलम अधिकारीले गरे।
एमबीबीएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर