AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अर्किड कलेजले आयोजना गरेको अर्किड म्याराथनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०८२, सोमबार १३:४३
252
Shares
विराटनगर / अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरस्थित अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।

कलेजका प्रिन्सिपल मनिष भट्टराईका अनुसार ६ किलोमिटर दूरीको यो म्याराथनमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू २ सय बढी विद्यार्थीहरुको सहभागी भएका थिए । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउने उद्देश्यले दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले बताए ।

म्याराथनको छात्रतर्फको प्रतिस्पर्धामा मुकेश नुनिया प्रथम, प्रज्जवल कार्की द्वितीय, सौरभकुमार सरदार तृतीय र रविकुमार राँयले चौथो स्थान हासिल गरेका छन् । त्यसैगरी, छात्रातर्फ शर्मिला मुक्ताङ प्रथम, निरिता राजवंशी द्वितीय, कृतिका ऋषिदेव तृतीय र जेनिशा डंगोल चौथो भएकी छिन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको लगाव बढाउनुका साथै स्वस्थ जीवनशैलीका लागि प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ ।

म्याराथनका अतिरिक्त कलेजले सोही अवसरमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो । हरेक वर्ष नोभेम्बर १७ मा मनाइने अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, सन् १९३९ मा चेकोस्लोभाकियामा नाजीहरूद्वारा मारिएका विद्यार्थीहरूको सम्झनामा विश्वभर मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर