AArya
RUMPUM
animated ellipse animated ellipse

टेन्टभित्रैबाट विराटनगर महानगरको त्रैमासिक समीक्षा गोष्ठी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०८२, आईतवार १९:२७
81
Shares
विराटनगर /विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ ।

जेनजी आन्दोलनका कारण भवनमा क्षति पुगेपछि महानगरले टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको हो । प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरे । त्यस्तै सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपद तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ । स्थान अभावकै कारण महानगरले समीक्षा गोष्ठी टेन्टभित्र आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर